लहान,साउन २९- सिरहाको धनगढ़ीमाई नगरपालिका मा ओरेक नेपाल ले प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने एकीकृत महिला स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

जिल्ला को धनगढ़ीमाई नगरपालिका वडा नं.११ नैनपुरमा बुधबार ओरेक परियोजना कार्यालय सिरहाले एक दिने एकीकृत महिला स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

धनगढ़ीमाई नगरपालिका, नमुना गाउँ नैनपुर र सम्झना महिला सामुदायिक संस्थाको सहकार्यमा गरेको शिविरमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि आएको समस्यालाई केन्द्रित रहेर धनगढी माइ नगरपालिका -११ का करीब ८१ जना महिला तथा किशोरीहरुलाई स्वास्थ्य सेवा दिएको आयोजक सस्थाले जनाएको छ।

स्वास्थ्य शिविरमा धनगढ़ीमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले, स्वास्थ्य शाखा संयोजक सुरत चौधरी, समाजिक विकास शाखाका साबित्री साह र वडा नं. ११ की महिला सदस्य फुलकुमारी रामले अनुगमन गर्नु भएको थियो ।

शिविरमा महिलाहरुलाई हुने प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या समाधानका लागि आफ्नै घर, बारीमा भएको जडीबुटी प्रयोग सम्बन्धि प्रदर्शनी समेत राखेको ओरेकका आजीवन सदस्य तथा महिला स्वास्थ्य परार्मशकर्ता रीता महतोले बताएकी छिन।

धान गोड्ने समयमा गरिएको शिविरमा अतिविपन्न समुदायका महिलाहरु ज्यालादारीमा काम गर्ने भएको कारण हामीले लक्षित गरेको समुदायका केही महिलाले सेवा लिन नसकेको ओरेक परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताएकी छिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय