सनस्क्रिन रोज्दा र लगाउँदा गर्न नहुने गल्तीहरु यसप्रकारका छन्-
– सनस्क्रिन बाहिर निस्किनु ठ्याक्क अगाडि लगाउनु पनि अर्को गल्ती हो । सनस्क्रिन छालामा सेट हुनको लागि १५ देखि २० मिनेट लाग्छ । त्यसैले कम्तीमा पनि बाहिर निस्कनु १५ देखि २० मिनेट पूर्व सनस्क्रिन लगाउनु पर्दछ ।

– कोठा भित्र पनि घामको विकिरणहरु हुन्छन्, यसबाट बच्न कोठा भित्र बस्दैछौँ भने पनि सनस्क्रिन लगाउनु जरुरी हुन्छ ।

– त्यस्तै हामीले गर्ने अर्को गल्ती भनेको धेरै कम एसपीएफ भएको सनस्क्रिन लगाउने । हामीले कम्तीमा पनि एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउनु पर्दछ । एसपीएफ ३० ले ९७ र एसपीएफ ५० ९८ प्रतिशत छालालाई जोगाउँदछ ।

– हामीले जहिले पनि ब्रोड स्पेक्टम लेखेको सनस्क्रिन प्रयोग गर्नुपर्दछ । यस्तो सनस्क्रिनले यूभीए र यूभीबी दुवै विकिरणबाट जोगाउँदछ । – अर्को गल्ती हो एकदम थोरै सनस्क्रिन प्रयोग गर्ने । सनस्क्रिन मुखमा, घाँटीमा प्रयोग गर्दा कम्तीमा पनि आधा चम्चा सनस्क्रिन प्रयोग गर्नुपर्ने हुन्छ ।

– त्यस्तै हामीले बिहान एक पटक मात्र सनस्क्रिन लगाउने गर्छौँ, यो अर्को गल्ती हो । कम्तीमा पनि २र३ घण्टाको अन्तरमा सनस्क्रिन लगाउनु पर्दछ । हामीले धेरै जसो लगाउने सनस्क्रिन भनेको केमिकल सनस्क्रिन हो र यस्तो सनस्क्रिनमा भएको पदार्थलाई वातावरणका तत्वहरुले मेटाईदिन्छ । त्यसै हरेक २ देखि ३ घण्टामा सनस्क्रिन लगाउनु पर्दछ ।

– अर्को गल्ती भनेको एक पटक सनस्क्रिन लगाएपछि अर्को पटक लगाउँदा मुख धुने बानी । यसले गर्दा हाम्रो छाला बढी सुख्खा हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय