![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/08/received_5307681215204992.jpeg)
क्वालालम्पुर- मलेशिया कार्यरत एक नेपालिको कोभिड -१९ संक्रमण बाट मृत्यु भएको छ। बाग्लुङ्ग जिल्लाको साविक सिगाना गाविस वडा न ३ र हाल बाग्लुङ्ग नगर पालीका ८ राम्चे घर भई मलेसियामा कार्यरत ४५ वर्षिय हेम बहादुर घर्ती क्षेत्रीको कोरोना सक्रमणको कारण मृत्यु भएको हो ।
मलेसियाको शाहआलममा रहेको मार्वलको सामाग्रि उत्पादन तथा विक्रिवितरण गर्ने कम्पनीमा घर्ती क्षेत्री करिब १२ बर्षदेखि कार्यरत रहेका थिए । पछिल्लो पटक चार वर्ष अघि नेपाल बिदामा गएर सोहि कम्पनीमा फर्किएका थिए ।
केही दिन अघि देखि सङ्क्रमित भएका क्षेत्रीको उपचारकै क्रममा ज्यान गएको हो। मृतक क्षेत्रीको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन । नाता प्रमाणीकरण पछी शवलाई मलेसियामै अन्तेष्ठि गर्ने तयारी भईरहेको मृतकका दाजु मनोज जिसिले जानकारी दिए।