बुधराज लिम्बू योङ्हाङ
भदौ-३ ईलाम,

इलामको माइ नगरपालिकामा बिश्व महामारी कोभिड-१९ लाई मध्यनजर गर्दै बिहिबार नगर इसाइ समाजको सातौं अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले  प्रा: सुक बहादुर राई सहित ११ सदस्य कार्यसमिति  निर्वाचित भएका छन् ।

पुर्ब समितिका अध्यक्ष पुर्ण राईले पुरानो हिसाब सहित माइनुट खाता नया समिती लाई हस्तान्तरण गर्नु भएको थियो। भने अध्यक्ष प्रा: सुक बहादुर राईले अदिबेशन लाई सम्बोधन गर्दै माइ नगरपालिका भरी ६५ वटा मंण्डली ४५०० ( चार हजार पाँच सय ) जनसंख्या भएको नगर भएकोले आगामी दिनमा सम्पूर्ण इसाइ समाज सहित सामाजिक तथा सुसमाचारको कार्यमा लाग्न सबै लाई आग्रह समेत  गर्नु भएको छ।

नवगठित समितिले स्थानीय सरकारलाई भवन निर्माणको लागी  जग्गाको कुरा गर्ने, र नगर इसाई समाजको निजि भवन बनाउने  बताउनु भएको छ। सो  कार्यको लागी सबैको  सहयोग रहने अपेक्षा जाहेर गर्नु भएको छ।

नव निर्वाचित कार्यसमितिको नामावली-

अध्यक्ष : सुक बा: राई
उपाध्यक्ष : सुनिता राई
सचीव : डम्बर लिम्बू ( खजुम)
उपसचिव :प्रदीप राई
कोष अध्यक्ष : पबित्र पुर्जा मगर
सदस्य :मान: बा:राई
सदस्य : भुपेन्द्र कुमार राई
सदस्य : कबिराज मगर
सदस्य : अम्बर आले मगर
सदस्य : जंग मगर
सदस्य : शेर बहादुर राई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय