काठमाडौँ, ६ भदौ :- पूर्वमुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेललाई पितृशोक परेको छ ।

पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उहाँका श्रीमती, तीन छोरा र छ छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय