बिनोद निगम / नवलपरासी / भदौ ०६ :- पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाकाे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग ७ किलोमिटर सडकमा खाल्डाखुल्डी भएर सडककाे अवस्था जीर्ण बन्दै गएको छ । परासी देखि गेरमा सडक खण्डमा बस,कार , टिप्पर ,अाटाे रिक्सा ,माेटरसाइकल ,साइकल र पैदलबाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु अाउने जाने गर्छन् ।

नवलपरासीको पर्यटकी स्थल मध्य एक पाल्हि भगवती मन्दिरलाई जोड्ने यो बाटोमा पाल्ही स्वास्थ्य चौकी समेत पर्दछ। गेरमा देखि हुँदै नवलपरासी जिल्लाकाे उजैनी जाेड्ने सडककाे अवस्था जीर्ण बनेको छ। उक्त सडकमा वडा अध्यक्ष,पालिका प्रमुख,प्रदेश सभा सदस्य र धेरै जसो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे ।

तर यसको मर्मत सम्भारकाे लागि स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको पाइदैन। सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडककाे बीचबीच भागमा खाल्डाखुल्डी भएर पानी समेतजमेकाे ले गर्दा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना बढि रहेको छ। याे सडकमा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको छ ।

गर्मीकाे समयमा धुलाेधुलाे हुने अनि बर्षाकाे समयमा सडककाे बीच भागमा भएको खाल्डा खुल्डीमा पानी जामेर सडकमा अावाज जावात गर्न निकै नै समस्या भइरहेको स्थानीयहरु ले गुनासाे गरी मर्मतको गुहार गरिरहेका छन्।

सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको लोहराैली देखि गेरमा सडक मर्मतको लागि जनप्रतिनिधिहरुले ध्यान दिन अवश्यक रहेको स्थानीय बताउँछन् । तर एक स्रोतको अनूसार लुम्बिनी प्रदेश सरकारबाट यही आर्थिक वर्षमा मर्मत हुने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय