काठमाडौं- नेकपा माओवादी केन्द्रले बृहत् कम्युनिस्ट एकताका लागि कार्यदल गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुवीकरणको लागि वार्ता गर्ने निर्यण गर्दै कार्यदल बनाएको हो।

‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत् ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दूमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुसँग पनि एकता र ध्रुवीकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

त्यस्तै, बैठकले विभिन्न समयमा विभाजित भएर पुनः एकीकृत भएका माओवादी घटकहरूको एकता प्रक्रिया टुंग्याउने निर्णय पनि गरेको छ। २०७३ सालमा विभिन्न माओवादी घटकबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी ‘माओवादी केन्द्र’ भएको थियो।

५ वर्षपछि एकता प्रक्रिया टुंग्याउन माओवादी केन्द्रले ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो। एकता पक्रिया टुंग्याउन गठित कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन्। २०७३ सालमा माओवादी घटकबीच भएको एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।

एकीकरण हुँदादेखि नै अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न भनेर एकता कार्यदल गठन गरिएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय