सिराहा , विनोद मण्डल भदौ ७ । धनगढीमाई नगरपालिकाको कशहा र आरके मेडीसिटी अस्पतालको केही पक्षिममा स्कारपीओ र पिकअप भ्यान एकापसमा ठोकिएका छन् ।
इलामबाट काठमाडौंतिर आउँदै गरेको स्कारपीओ १७ च ९९६५ नम्बरको गाडी र वीरगंजबाट धरान तर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश २_०३_००१ च ७४१ एकापसमा ठोकिदा दर्जनौं घाइते भएका छन् ।
घाइतेहरू क्रमश १ , प्रकाश ढकाल ,काठमाण्डौ । २, राधेश्याम सापकोटा ,काठमाण्डौ ३, उमेश सुवेदी ,दक्षिणकाली ४, किशोर कुमार पोखरेल ,धरान ५, चिरञ्जीवी सापकोटा ,काठमाण्डौ ६,सरोज पौडेल , काठमाण्डौ ७, विजय कुमार भुजेल , गौशाला ८, राजु नगरकोटी , दक्षिणकाली ९, देवेन्द्र सुवेदी , दक्षिणकाली १०, दीपक हमाल ,काठमाण्डौ
आज बिहान ११ बजे भएको उक्त घटनामा गम्भीर घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाइएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका राजु नगरकोटीलाई अस्पतालले बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।