क्वालालम्पुर-  मलेसियामा सुरक्षागार्ड कम्पनीमा कार्यरत नेपाली श्रमिकको कोरोना भाइरस संक्रमणको कारण  आइतबार बिहान मृत्यु भएको छ।

४ बर्ष अघि देखि वैधानिक हैसियतमै मलेसियाको “युनाइटेड सेक्युरिटी सर्भिस एसडिएन बिएचडी” नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि जोहोरबारुमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका ताप्लेजुङ निबासी राहदानी नम्बर १०२७७८९०  बाहक  ३३ बर्षिय टेक बहादुर खवासको  मृत्यु भएको हो।

सोहि कम्पनीमा कार्यरत नेपाली श्रमिक हरि कुमार श्रेष्ठका अनुसार शनिबार राती अन्य ६,७ जना कोरोना संक्रमित साथीहरुसंगै होम क्वारेन्टाइनमा बसिरहेको बेला रातीको खानपिन गरेर सुतेका टेक बहादुर खवास बिहान मृत् अवस्थामा फेला परेको जानकारी दिए।

यस् बिषयमा मलेसिया स्थित नेपाली राजदूतावास संग बुझ्दा दूतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले बताए अनुसार मृतक काम गर्ने सेक्युरिटी कम्पनीको निर्देशक मिस्टर लादेनसंग आज आईतवार बिहानै मृतकको बारे आवश्यक कुराकानी भइसकेको र शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको बताउनु ब्भेको छ।

अधिकृत बुढाका अनुसार मृतकसंगै होम क्वारेन्टाइनमा बसेका अन्य सबै संक्रमितको आजै पुनः कोरोना पिसिआर चेकजाँच गराउन र कोरोनाले अवस्था जटिल भएको श्रमिकलाई तुरुन्त अस्पताल भर्ना गर्न कम्पनीको निर्देशक लेदानलाई अनुरोध  गरिएको  बताए।

मृतकको शवको आवश्यक प्रक्रिया पुर्याएर यदि कोरोनालेनै उहाँको मृत्यु भएको ठहरिएमा उहाँको परिवारको अनुमति लिएर मृतकको दाहसंस्कार , अन्त्यष्टि यतै मलेसियामै गरिने साथै मृतकको परिवारको लागि सक्दो क्षेतिपुर्तीको लागि पनि कम्पनीसंग पहल गरिने अधिकृत बुढाले  जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय