क्वालालम्पुर- वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३३ वर्षीय गोपालसिंह विष्टको हिजो बुधबारको दिन मृत्यु भएको हो।

बिगत ३ बर्ष देखि मलेसियाको कावालान केशलामातानको अनुग्रह कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत बिस्ट केलांग लामा भन्ने ठाउँमा कार्यरत थिए, विष्टको ड्युटी खटिएकै बेला गार्ड पोस्टमै पेट दुख्यो भनेर रेस्ट गर्दैगर्दा अचानक ढलेर बेहोस भई मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले जानकारी दिए।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ ठाउँको ठाउँ मृत्यु भएको जनाइएको छ। शवको पोस्टमार्टम गर्न बाकी रहेकोले विष्टको मृत्युको कारण बारे खुल्न सकेको छैन ।

उनको शवको पहिले कोरोना परीक्षण गरि पोस्टमार्टम गर्नको लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय