सुरेश यादव,नवलपरासी /भदौ १९ । आज बाट पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ मा विधालय भर्ना अभियान सुरु भएकाे छ ।
समावेशी संस्था पाल्शिनन्दन वडा नं ५ सिसवा का अध्यक्ष अमरमणी गुप्ताको नेतृत्वमा विधालय भर्ना अभियान आज बाट सुरु गरिएको छ ।
समावेशी संस्थाकाे आयाेजना तथा राजनारायण माध्यमिक विधालय गेरमी एवम् राधाकृष्ण माध्यमिक विधालय विष्णुपुराकाे सहकार्य तथा समाजसेवी रामवहादुर कुर्मी काे सहयोगमा विधालय भर्ना अभियान सुरु भएको हाे । भर्ना अभियानमा स्थानीय युवा र समाजसेवीहरुकाे सहभागिता रहेको समावेशी संस्था का अध्यक्ष अमरमणी गुप्ताले बताउनु भयाे ।