मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय