विसुन देव सरदार। लहान, असोज १- सिरहाको लहान -३ मा अवस्थित शुशिला अटोमोवाइल्स एग्री किङ्ग ट्राक्टर किसानको मन जित्न सफल भएको देखिन्छ ।
शुशिला एग्री किङ्ग शोरुम लहानका शाखा प्रबन्धक विजय चौधरीले आज संचारकर्मीहरुसित कुरागर्दै यस्तो प्रतिक्रिया सुनाए।
उक्त शोरुम लगभग बन्दाबन्दीको समय काट्दै अहिले २ वर्ष नबित्दै १ सय ३ ट्राक्टर बिक्री गरेको प्रबन्धक चौधरीले जानकारी गराउनु भएको छ।
नेपाल जस्तो कृषि प्रधान देशमा ट्राक्टर , कृषि औजार सहज भएमात्र किसान आफ्नो कुल्टो फेर्न सकिन्छ त्यो वास्तविक पनि हो ।
यो सँगै सबैभन्दा बढी बर्दिवास , सिसवारी , बन्दिपुर , मिर्चैया , नरहा ,भगवानपुर लगायतका ठाउँहरुमा किसान ट्रक्टर किनेर दिनदौगुना रातचौगुना गरिएको चौधरीले बताए ।
शोरुम संचालन भएदेखि सवभन्दा पहिलो सप्तरीको लक्ष्मीपुरका परिक्षण दासले ट्राक्टर किनेका थिए।त्यसपछि गाउँका मानिस देखासिकी पछि १० वटा ट्राक्टर किन्न सफल भएको देखिन्छ ।
दासले बढीमा पुर्वको मोरङ्गमा गाडी चलाउने गर्छ , त्यसैले उताको किसनको मांग पनि बढी थालेपछि लहान शाखाले सेवा दिन असमर्थ रहनु स्वभाविक पनि हो ।
जर्मन प्रविधि युक्त यो ट्रक्टर पार्टपुर्जाको कुनै समस्या नदेखिएको चौधरीले सुनाए ।
तेलको मामलामा पनि अरुभन्दा काम लाग्ने गर्छ , अन्य ट्राक्टरको अपेक्षाका एग्री किङ्ग किसानलाई काम सहज बनाइएको पाइन्छ ।
समय , तेल , बचतसँगै धेरै काम गर्न सकिने विश्वसनीय , गुणवान , क्षमतावान एग्री किङ्ग ट्राक्टर भएकाले अहिले गाउँ देखि शहर चल्तीमा एग्री किङ्ग रहेको प्रबन्धक चौधरीले बताए ।