नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी निर्माण आफूहरुको ठुलो योगदान रहेकाले समाजवादीका नेता कार्याकर्तासँग सहज सम्बन्ध बनाउन आफ्नो नेता कार्याकर्तालाई निर्देशन दिएको छ ।

आज काभ्रेको पाँचखाल नगरको वाईसिएलको भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएको हो । उनले आफूहरु नेकपाकालिन समयमा माधव, झलनाथलगायत आफूहरुले ओली प्रवृतिविरुद्ध लड्ने क्रममा ठुलो दुःख र सर्घष गरेको र त्यही क्रममा समाजवादी जन्मिएको उनले बताए ।

त्यसकारण आफूहरुको पनि योगदान रहेका भन्दै समाजवादीका जिल्लाका नेता कार्याकर्ताहरुसँग सहज सम्बन्ध बनाउन आग्रह गरेको छ ।

उनले अब विप्लव, वैद्य, बाबुराम, मोहनविक्रम र माधवसँग पनि एकताको लागि विभिन्न रुपमा छलफल भईरहेको उनले बताए ।

अब आगामी दिनमा एउटा खालको राजनीतिक घटनाक्रम विकास भएर जाने र नेता कार्याकर्ताहरु त्यही रुपमा तयार भएर रहनुपर्ने प्रचण्डले बताए ।

उनले आफूहरु समाजवादको बाटोमा हिडेका भन्दै नेताकार्यकर्ताहरु तयार रहन आग्रह गरेको छ । उनले ओली प्रवृतिको विरुद्धमा आफूहरुले विजय हासिल गरेको भन्दै त्यसबाट ठुलो ज्ञान प्राप्त गरेको बताए ।

उनले तत्कालीन एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नभएको बरु आफूहरुले जितेको भन्दै जितको मानसिकतामा बनाउन कार्यकर्तालाई आग्रह गरेको छ ।

-विप्लव, वैद्य र बाबुरामसँग एकता

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विप्लव, वैद्य र बाबुरामसँग पार्टी एकताको कुरा भईरहेको बताएका छन् ।

उनले पाँचखाल नगरको वाईसिल भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।उनले अब माओवादीहरु एक नभए देशमा भएको परिवर्तनहरु सबै धरापमा पर्ने भन्दै माओवादीहरु एक हुनुपर्ने बताए ।

उनले शान्ति प्रकृयामा आएपछि माओवादीलाई सिध्याउनको लागि पार्टी फुटाउने देखि विभिन्न षड्यन्त्र गरेको भन्दै अब माओवादीहरु एक हुनुपर्ने उनले बताए ।

उनले आफूहले विप्लव, वैद्य, मोहनविक्रमलगायत नेताहरुसँग छलफल गरिरकेको र कार्याकर्ताहरुलाईसमेत उनीहरुसँग सहज सबन्ध बनाउन निर्देशन दिएका छन् ।

उनले माधव नेपालको समाजवादीसँगसमेत नजिकको सम्बन्ध बनाउनसमेत उनले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय