क्वालालम्पुर – मलेशिया बाट नेपाल फर्किनका लागी क्वालालम्पुर बिमानस्थल (Klia)पुगेका एक नेपाली यात्रु एयरलाइन्स कम्पनीको लापरबाहीले अलपत्र परेका छन। सिङापुर एयरलाइन्स लिमिटेड विमान कम्पनीको ईलेक्ट्रोनिक टिकट नम्बर ६१८२४३३५०७३६२ का यात्रु हरि प्रसाद बुढा मगर अलपत्र परेका हुन।

सिङापुर ट्रान्जेक्सन हुँदै काठमाडौंका लागि उड्न क्वालालम्पुर अन्तरास्ट्रिय विमान स्थल आईपुगेका उनलाई इन्ट्री नदिएको बताएका छन। सेप्टेम्बर-२६ तारिक मलेशिया देखि सिङापुर हुँदै काठमाडौ उडान भर्ने सो एयरलाइन्सले पिसिआर रिपोर्ट ४८ घन्टाको हुनुपर्ने भन्दै आफुलाई लान नमानेको जानकारी बुढाले दिए।

कुनैपनी यात्रुले अन्य देशमा आवाज जावत गर्न परे ७२ घन्टा अघिको पिसीआर टेस्ट रिपोर्ट नेगेटिभ हुनुपर्ने नेपाल सरकारको प्राबधान रहेको छ। तर उक्त सिङापुर बिमानले ४८ घन्टा सम्मको पिसीआर रिपोर्ट नेगेटिभ भए मात्र इन्ट्री दिने भनेर आफुलाई नलगिएको टेलीफोन मार्फत जानकारी गराए ।

यसरी सरकारी नियमको पालना नगरी एयरलाइन्सले टिकट खरिद गरिसकेका यात्रु लाई अलपत्र पार्नुले विमान कम्पनीहरु यात्रु प्रती कति जिम्मेवार र उत्तरदायी छन? भन्ने स्पष्ट बुझ्न सकिन्छ।

विमान कम्पनीहरुले सरकारी नियमको पालना नगरी आफ्नो अनुकुल मनोमानी तरिकाले नियम बनाएर यात्रुहरुलाई दुख दिरहेका छन वा यात्रु लाई थाहा नभएर अलपत्र परिरहेका छ्न? यश बिषयमा सरोकार वाल निकाय किन मौन छ भनेर बुझ्न हामिले मलेशिया स्थित नेपाली राजदुतबास लाई सम्पर्क गरेका थियौ।

-के भन्छ दूतावास ?
सो सम्बन्धमा नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लाई सम्पर्क गर्दा “यो पहिलो पटकको फ्लाईट हो”। यो भन्दा अघि नेपालिहरु सिङापुर हुदै ट्रान्जेक्सन भएर नगएका कारण नियम थाहा नभएर समस्या भएको बताए।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको हकमा पिसीआर रिपोर्टको अवधि २/३ घन्टा पछि भएपनि यात्रुहरु लगिरहेका छन, तर सिङापुर सरकारको नियम ४८ घन्टा सम्मको पिसिआर रिपोर्ट नेगेटिभ भए मात्र प्रबेश गर्न पाउने नियम भएको बताए।

आइतबार बिहान यात्रु नलगेको खबर पाएपछि तत्काल सिङापुर एयरलाइन्स कम्पनिको मलेशिया साखा अफिसमा सम्पर्क गर्दा पिसीआर रिपोर्ट ले ४८ घन्टा नाघिसकेको कारण सरकारी नियम अनुसार यात्रु लान नसकेको प्रती एयरलाइन्सले क्षेमा याचना समेत गरेको उनले जानकारी दिए।

भने नेपाल जाने यात्रुहरुले पनि टिकट खरिद गर्दा र पिसीआर परिक्षण रिपोर्ट भ्यालिडिटिको ख्याल गर्न अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय