क्वालालम्पुर /मलेसिया
विगत ९ वर्ष अघि मलेसिया आएका काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङको गत आईतवार मृत्यु भएको छ।
मलेसियाको मीरी सरवाक स्थित सिन याङ प्लाइवुड एसडिएन बिएचडी (shin yang plywood SDN BHD) नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ ड्युटीमा नै अचानक ढले पछि नजिकैको अस्पताल पुर्याउदा मृत्यु भइसकेको थियो।
विगत केही महिना देखि प्रेसरको रोगी रहेका तामाङ डाक्टरको सल्लाह अनुसार ओैसधि समेत सेवन गरिरहेका थिए।
मृतकको शव नजिकैको अस्पतालमा राखिएको र आवश्यक कगजात तयार गरि नेपाल फर्कनउने तयारी गरेको मृतकका सहकर्मी अजय तामाङले जानकारी दिनुभएको छ।