क्वालालम्पुर- वैदेशिक रोजगारीको निम्ति मलेसियामै कार्यरत रहदा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका गोविन्द खनालको मृत शव नेपाल फर्काइएको छ।

आज मिति सन् २०२१ /०९/२९ तारिख बुधबारको दिन बिहान ०७:२० बजेको क्वालालम्पुर देखि काठमाडौंसम्म भएको नेपाल वायुसेवा निगमको जहाँज नेपाल एयरलाइन्स (RA 416) मार्फत अन्तिम दाह संस्कारको लागी गोविन्दको मृत शव नेपाल फर्काइएको नेपाल एयरलाइन्स मलेसियाको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई जानकारी गराउनुभयो।

मलेसियामा अवैध हैसियतमा कार्यरत रहेका सल्यान जिल्ला निवासी २५ बर्षिय नेपाली श्रमिक मृतक गोविन्द खनाल स्वदेश फर्किने तयारी गरिरहेका थिए , तर गत आईतवार बिहान करिबकरिब ०४:०० बजेको समयमा मलेसियाको साहआलम भन्ने ठाउँको सडकमा मोटरसाइकल चलाईरहेको बेला मोटरसाइकल अनियंत्रित भैइ दुर्घटनामा परि घटनास्थलमै ठाउँको ठाउँ मृत्यु भएको थियो।

गोविन्द यहाँ अवैधानिक हैसियतमा रहेकोले र बिना ड्राईभिङ् लाइसेन्स मोटरसाइकल चलाएकोले गोविन्दको शव नेपाल् फर्काउन र पुलिस रिपोर्ट देखि लिएर अन्य आवश्यक कानुनी कागजात मिलाउन असाध्यै समस्या र अप्ठ्याराहरुको सामना गर्नुपरेको गोविन्दको शव नेपाल फर्काउन लागिपरेका नेपाली श्रमिक तथा ब्यावसायी,समाजसेवी रुद्र बहादुर क्ष्रेष्ठले मलाया खबरलाई बताउनुभयो।

शव नेपाल फर्काउन र आवश्यक कानुनी कागजातहरु मिलाउन मलेसियाको कास्केट कम्पनीलाई मलेसियन रिंगेट ५ हजार ३ सय आरएम तिर्नुपर्ने भएको रुद्रले बताउनुभयो। गोविन्दको घरको आर्थिक अवस्था एकदमै दयनीय रहेकोले घरबाट पैसा माग्न पनि नमिलेकोले तत्काललाई आफूले नै सकेको आर्थिक भौतिक सहयोग गरेर शव नेपाल फर्काइएको र कास्केट कम्पनीलाई अझैपनि तिर्न बाँकी रहेको रकम आरएम २ हजार रिंगेट यतै मलेसियामै कार्यरत मनकारी नेपालीहरुबाट चन्दा सङ्कलन गरि गोविन्दको शव पठाए पाबत्तको खर्च तिर्ने बताउनुभयो।

मृतक गोविन्दको शव नेपाल फर्काउनमा मलेसिया स्थित नेपाली दूतावासले सक्दो सहयोग,समन्वय गर्नुको साथै मलेसियाबाट संचालित एकमात्रै नेपाली अनलाइन मिडिया मलाया खबर डटकम र सञ्चारकर्मी तिलोचन गौतम समाजसेवी सन्तोष कार्की लगायतकोले सहजीकरण गर्नुभएको थियो।

आजकै दिन सोहि जहाँजमार्फत गोविन्दको शवसंगै कोरोना लगायत विभिन्न कारणबस मलेसियामै ज्यान गुमाएर यतै अन्त्यष्टि गरिएका अन्य ६ जना नेपाली श्रमिकहरु क्रमशः महेश राई , सन्जिव यादव , रामदयाल केवत , हरि बहादुर थापा , दुर्गा बहादुर झिडे र राम सुफालको अस्तु पनि नेपाल फर्काइएको बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय