क्वालालम्पुर- ओखलढुङ्गा जिल्ला मोलूङ गाॅउपालीका-१ का तेज बहादुर खत्रीको  मलेसियामा ज्यान गएको छ।  काम गर्दा गर्दै छात्ती दुख्यो भनेर होस्टेलमा छुट्टी गरी बसेका र  आराम भएको महसूस गर्दै सोही दिन  उनी काममा फर्किएका  थिए।

केही समय काम गर्दागर्दै फेरी छात्ती दुख्यो भन्न थालेपछी कम्पनीले हस्पिटल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। ७ बर्ष अघि मलेसियाको मलाका राज्यको (अलोर गाजा) क्षेत्रको जुलिज म्यानुफ्याक्चरिङ एसडीएन.बिचडी कम्पनीमा आईपुगेका उनको गत सनिवार  मृत्यु भएको हो।

मृतक तेज बहादुर दशै तिहार नजिकिँदै गर्दा घर जाने तयारीमा रहेका थिए, भने हृदयघातका कारण उनको मृत्यु भएको बताईएको छ ।

मृतकको शबलाई नेपाल पठाउने तयारीमा रहेको र परिवार सँग सम्पर्क भइ शब नेपाल पठाउनको लागि सम्पुर्ण कागजी प्रक्रिया पूरा भइसकेको बुझिएको छ। घरपरिवार मा बाबु ७८ वर्षीय र आमा ७७ वर्षीय सहित श्रमती, एक दिदि र बहिनी सहितको सङ्युक्त परिवार रहेको संगै  कम्पनीमा कार्यरत ढकमनी लम्सालले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय