विनोद मण्डल/ सिरहा । सिरहाको बरिष्ट पत्रकार तथा लेखक रामरिझन यादव सम्मानित हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष दिने गरेको कृष्ण कुमारी दाहाल शान्ति तथा श्रस्टा सम्मान यसपटक सिराहा जिल्लाको बरिष्ट पत्रकार रामरिझन यादवलाई दिने निर्णय गरेको हो ।
पुरस्कार राशी २० हजार र सम्मान पत्र रहेको छ ।
समाजको संस्थापक अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त मानव अधिकारबाढी नेता कृष्ण पहाडी हुन् ।
समाजले सही मूल्यांकन गरी यादवलाई दिन लागिएको पुरस्कारको खवरले जिल्लाबासी खुशी भएका छन् ।