काठमाडौं- मलेसियामा बेपत्ता भनिएका उर्लाबारी-२ का बिक्रम शेर्पा अन्ततः सम्पर्कमा आएका छन। बिहीवार सामाजिक सन्जाल फेसबुक मार्फत उनले संदेश प्रवाह अन्लाईनका मलेशिया सम्बादाता लाई सम्पर्क गरेका छन। सामाजिक संजाल मार्फत सम्पर्कमा आएका बिक्रम शेर्पाले हाम्रा सहकर्मी लाई तथानाम गाली बैजेती सहितको आक्रोसित म्यासेज पठाएका थिए।
उनले सुरुमा राम्रै कुरा गरेपनि पछिल्लो पटक गाली बैजेती सहितको म्यासेज पठाएका हुन। १३ बर्ष अघि मलेसिया आईपुगेका शेर्पाका आमाले छोरो खोजिदिन आग्रह गरेपछि हामिले बिक्रमको फोटो सहित समाचार प्रकाशीत गरेका थियौ। आफ्नो बैजेत गर्ने उदेश्यले समाचार सम्प्रेषण गरेको भन्ने उनको आरोप छ। हाम्रा सहकर्मी लाई बारम्बार समाचार हटाउन दबाब दिईरहेका थिए ।
तर समाचार नहटाए पछी आक्रोसित बनेका उनले अनैतिक शब्दहरु प्रयोग गरी गालि गरेका छन्। फोन सम्पर्क गरेर उनलाई समाचारको उदेश्य बारे भन्यौ। कसैको ब्यक्तिगत जिवनमा खलल पुर्याउने होइन र भबिस्यमा हुने छैन। तपाईको अवस्थाबारे जानकारीको लागि मात्र समाचार बनाएका हौ। तर सङ्यम भएनन।
३ बर्ष अघि देखि सम्पर्कमा नहरेका छोरो खोजिदिन आमाको आग्रह पछि हामिले समाचार प्रकाशित गरेका थियौ। बारम्बार सझाई बुझाई गर्न खोज्यौ तर उनले उल्टै धम्किको भाषा प्रयोग गरेर म्यासेज गरी रहे। तपाईले घर परिवार लाई किन सम्पर्क नगर्नु भएको भन्ने हाम्रो प्रश्नमा?” आफू घर परिवार सम्म सम्पर्कमै रहेको दाबि गरेपछि हामिले पुनः बिक्रमकी आमालाई फोन सम्पर्क गरेका थियौं।
के भनिन बिक्रमकी आमाले?
१३ बर्ष अघि घर खर्च कमाउन मलेशिया गएका बिक्रमकि आमाले छोरो गत एकबर्ष बाट सम्पर्क बिहिन भएर बसेको बताईन। घरखर्च पनि नपठाएको उनको आमाको गुनासो छ। यसरी हेर्दा बिक्रमले झुट बोलेको हो भन्ने स्पष्ट हुन्छ।
मेरो त बिजोग छ नानी, बिक्रम लाई मजाले सम्झाई दिनु होला बुडेस्कालमा छाहारी दिने पनि छैन”भनिन”।बिक्रमको छोरो ठूलो भइ सक्यो,बिध्यालयमा फी तिर्ने पैसा छैन।म बुढी आमाले कतिन्जेल धान्न सक्छु र?
मेरो खुट्टा दुख्छ नानी उपचार गर्ने पैसा पनि छैन। खर्च कमाउन गएको छोरो बेपत्ता भएर बसेको छ। कम्तिमा घर खर्च पठाई दिए हुन्थ्यो, कमाई नभए घर फर्केर आइदिए पनि हुन्थ्यो” भन्छिन आमा।
स्मरण रहोस कल रेकर्ड हामि सङ सुरक्षीत रहेको छ। जेठो छोरो हराएको पिडामा भौतारिएकी आमा कान्छो पनि घर नफर्किएला कि भन्ने चिन्ता छ।
१२ बर्षका विकल शेर्पा बुवाको बाटो कुर्दै, गाउमा कोहि आएभने हराएका बुवाको खबर बुझ्न पुग्छन।