क्वालालम्पुर- मलेशियामा गत सोम्बार एक नेपाली श्रमिकको हृदय घातका कारण मृत्यु भएको छ। करिब १३ बर्ष अघि मलेशिया आएका सुरेन्द्र मण्डलको मृत्यु भएको हो।
प्राप्त समाचार अनुसार मण्डल इन्डोनेशियाली महिला सङ मलेशियामै विवाह गरि सङै बस्दै आएका थिए।
उनिहरुको १२ बर्षका एक छोरा समेत छन।
अवैधानिक तबरमा मलेशिया बस्दै आएका सुरेन्द्र मण्डलको बिस्तृत परिचय भने खुल्न सकेन।सुरक्षागार्ड कम्पनीमा कार्यरत उनको नेपाल स्थायी घर रौतहट जिल्ला रहेको उनका साथि मोहन लिम्बुले जानकारी दिए।
सुरेन्द्र मण्डलको बिस्तृत जानकारी लिन हामिले उनका श्रीमती सङ सम्पर्क गर्ने कोसिस गरेका थियौ तर फोन उठेन। छाती दुख्यो भनेर अस्पताल लादालादै बाटोमै उनको मृत्यु भएको हो।
समाचार श्रोतका अनुसार नेपाल फर्किने तयारीमा रहेका उनिहरुको अहिले बिचल्ली भएको छ। एकतातिर अवैधानिक तबरमा बसेका, अर्कातिर कानुनी झन्झटले बिछिप्त बनेको ती महिलाको जिवनमा बज्रपात परेको छ।
श्रीमानको मृत्यु भएपछि इन्डोनेसियालि महिला र छोरो अन्योल परेका छन। मृतकको परिचय खुल्न नसक्दा शब हाल दमनसाराको एक अस्पतालमै राखिएको जानकारी प्राप्त भएको छ।