क्वालालम्पुर-  मलेसियन अध्या’गमन विभागले विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भि’जिट पासको लागी नयाँ नीति प्रस्ताव गर्ने भएको छ । अध्या’गमन विभागले सरकारलाई विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भि’जिट पास (पीए’लकेएस) जारी र नवीकरण को लागी नयाँ नीति प्रस्ताव गर्ने भएको हो ।

आध्या’गमन महानिर्देशक दातुक खैरुल ज़ैमी दाउदका अनुसार धेरै विदेशी कामदारहरुको आवास र सुविधा ऐन ४४६ अनुसार न्यूनतम मापदण्डहरुको पालना नभएका कारण यो प्रस्तावको विषय उठेको हो ।

महानिर्देशक जैमी दाउदले स्थानीय सञ्चारमाध्यमसंग गरेको कुराकानी अनुसार “उक्त प्रस्ताव गृह मन्त्रालय (के’डिएन), मानव संसाधन मंत्रालय (के’एसएम) र जनशक्ति विभाग (जे’केटी) लाई दिशा’निर्देश र मानक संचालन प्रक्रिया को तयारी अघि छलफल को लागी प्रस्ताव पेश गरिनेछ ।

“यो नयाँ नीति पास भएको खण्डमा रोजगारदाताहरुले जनशक्ति विभाग (जे’केटी)बाट एक प्रमाणपत्र प्राप्त गरेर अधि’नियम ४४६ अनुसार श्रमिकहरु आवास र सुविधाहरुको न्यूनतम मापदण्ड को अनुपालन गर्नुपर्नेछ । जसले श्रमिकको भि’षा तथा आवास सुविधाहरुमा केही सहज हुने अपेक्षा गरिएको छ ।

साथै, उक्त जनशक्ति विभागबाट प्रमाणपत्र प्राप्त गरेका रोजगारदाताहरुले नयाँ विदेशी कामदार ल्याउन र पुराना मौजूदा कामदारको नवीकरण गर्न पाउने बताएको छ । उक्त निति लागु भएको खण्डमा अब छिट्टै नै नेपाली श्रमिकहरुले मलेसिया प्र’वेश पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय