क्वालालम्पुर- मलेसियामा मेथानोल नामक बिष मिसाइएको मदिरा सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृत्यु भएको छ।
पछिल्लो महिना मेथानोल नामक बिष मिसाइएको रक्सी सेवनबाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका थिए , जसमध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृत्यु भएको मलेसिया सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हिशाम अब्दुल्लाहले बताउनुभएको हो।
बिषाक्त मदिरा सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिकहरुमा म्यानमार , भारत र नेपालको रहेको बताउनुभएको छ।
तान श्रि डा.नुर हिशामले भने कि , मेथानोल नामक बीस मिसाइएको रक्सी सेवन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र रक्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि (आँखा अन्धो ) भएजस्तो हुने लक्षण देखिने बताउनुभयो।
यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मेथानोल बिष मिसाइएको रक्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँखा को ज्योति समेत गुमाएको बताएको छ।
मलेसियामा कार्यरत रहेका नेपाली श्रमिकहरुले त्यस्तो मेथानोल जस्तो बिषाक्त पदार्थ मिसाइएको रक्सी सेवन नगर्नुहुन र आफ्नो ज्यान जोगाउन दूतावासले सम्पुर्णमा अनुरोध गरेको छ।