नेकपा (माओवादी केन्द्र)ले सरकारमा पठाउने मन्त्रीको नाम र पाउने मन्त्रालयको टुंगो लगाएको छ । गठबन्धनबीच भएको सहमतिअनुसार केन्द्रले पाएको मन्त्रालयमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

केन्द्रले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरेको छ । त्यसैगरि बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको तर्फबाट यसअघि नै जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

समावेशीताको आधारमा छनौट

माओवादी केन्द्रले मन्त्री छनौटमा निकै उदाहरणीय काम गरेको छ । केन्द्रले मन्त्री छनौटमा समावेशीतालाई निकै ख्याल गरेको देखिन्छ । केन्द्रले मन्त्री बनाउँदा महिलाको प्रतिनिधित्व ५० प्रतिशत बनाएको छ ।

मन्त्री बन्ने ६ जना मध्ये माओवादी केन्द्रले २ फुल मन्त्री र एक राज्यमन्त्री महिलालाई बनाएको छ ।

त्यसैगरि केन्द्रले तराई मधेशको प्रतिनिधित्वमा २ जनालाई मन्त्री बनाएका छन् । महेश्वर गहतराज र बोधमाया यादवले तराई मधेशको पनि प्रतिनिधित्व गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय