क्वालालम्पुर- मलेशियामा फुलपातिकै दिन एक नेपाली कामदारको ज्यान गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत धिरज राईको ज्यान गएको हो।

संखुवासभा निबासी २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत थिए भने नेपालिहरुको चार्ड बडा दशैको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए। भने उनको मृत्यु पनि उतै भएको हो।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन गरि राती सवै सुतेका बेला उनिहरु बस्ने कन्डोमिनियमको ५ औ तला बाट खस्दा घटना स्थलमै  प्राण त्यागेको  प्रारम्भिक अनुमान गरिएको छ।

दशैको मौकामा अत्यधिक मदिरा सेवन गरि होस गुमाएकोले कन्डोमिनियमको तलाबाट खसेर उनको मृत्यु भएको बुझिएको छ। खानपिन सकेर उनीहरु बस्ने कोठाकै छेउमा रहेको प्यासेजमा बसेर फोनमा कुरा गरीरहेको थियो भाई। सायद फोनमा बोल्दाबोल्दै निदाएर त्यहीबाट भुइमा खसेको हुनुपर्छ।”मृतकका ठुला बुवाका छोरा” संदेश राई ले भने।

शबलाई हाल क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय