काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशबिरुद्ध नेपालले बराबरी खेलेकाे छ । बंगलादेशसँग नेपालले १-१ को बराबरी खेलेकाे हाे। नेपालका लागि खेलको ८८ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यसअघि खेलको ९ औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका थिए । आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव थियो । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाल खेलमा दश खेलाडीमा सिमित बङ्गलादेशसँग बराबरीमा राेकिएपनि नेपालले ७ अंक जोड्दै फाइनल पुगकाे हाे ।