क्वालालम्पुर- घर खर्च कमाउन मलेसियामा आएका नेपाली श्रमिक ईलाम जिल्ला चुलाचुली- ५ निवासी पासाङ तामाङ मलेसियामै बेपत्ता भएका छ्न।

लाल धनुष ओभरसिसबाट ८ बर्ष अघि मलेसिया आईपुगेका पासपोर्ट नम्बर ०७६३७३४४ नम्बर रहेका २६ बर्षिय तामाङ बिगत ४ बर्षदेखि आफ्नो परिवारसंग सम्पर्क बिहिन बन्न पुगेका हुन।

चार बर्षदेखि अहिलेसम्म पनि पासाङ सम्पर्कमा नआएपछि पासाङको खोजी गरिदिन मलेसियामा बसेका नेपाली समुदाय, संघ सस्था एबम नेपाली नियोग लाई उनको परिवारले अनुरोध गर्नुभएको छ।

पासाङलाई मलेसियामा कोहि कसैले भेट्नु भए उहाँको आफन्तको सम्पर्क नम्बर ९८१५०७१३०३ अथवा संदेश प्रवाह अनलाइन ०११३३८३१७६८ मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय