वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गए राति मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गए राति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले बताए।
जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ भनि सेतोपाटि मा लखिएको छ।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।
जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।