क्वालालम्पुर– मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। बिगत चार बर्षदेखि मेट्रो सेक्युरिटी सर्भिस नामक सेक्युरिटी कम्पनीमा मलेसियाको साहआलम सेक्सन २६ मा अवस्थित तियोङ्ग नाम कम्पनीमा सुरक्षा दिदै आएका झापा जिल्ला निवासी पवन खनालको मृत्यु भएको हो।

मलेसिया स्थित नेपाली दूतावासले दिइएको जानकारी अनुसार पवनको मृत्यु हुनुभन्दा १५ दिन अगाडि ड्युटी सकिएर कोठा फर्किने क्रममा हृदयघातका कारण ढलेका थिए। उनलाई थप उपचारका लागी अस्पताल लगेर आईसियु कक्षमा भर्ना गराएका थियौं तर उपचाररत रहेकैबेला अस्पतालमै उनको मृत्यु भएको कम्पनी स्रोतलाई उद्दत गर्दै दूतावासका जनसम्पर्क “अधिकृत टेक बहादुर बुढाले भने”।

अस्पतालका डाक्टरका अनुसार पवनको दुईवटै मृगौला खराब भैईसकेको पाइएको थियो, सोही कारणले मृत्यु भएको बताए। मृतकको पोस्टमार्टम सकिए पश्चात् कोरोना संक्रमित नदेखिए अन्तिम दाहसंस्कारको लागी शवलाई नेपाल फर्काइने छ। कोरोणा भाईरसन देखिए मलेशियामै अन्त्यष्टी गरिने छ। मृतकको घरपरिवारमा श्रीमती सहित एक ८ बर्षिय छोरा रहेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय