क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ।
विगत लामो समयदेखि विभिन्न कारण अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई लक्षित गरी पुनः बैधानिक हुन वा स्वदेश फिर्ता हुन चाहाने आप्रवासी कामदारलाई आम माफीसहितको रिक्यालुब्रेसन पुलाङ कार्यक्रम ३१ जुनसम्म घोषणा गरेको थियो।
उक्त समय अवधिमा कोभिड १९ को कारण मलेसियाको अध्यागमन विभाग नै बन्द भएको कारण यो समय अवधिमा यो कार्यक्रम औपचारिक रूपमा संचालन हुन नसकेपछि सरकारले जुलाई १ देखि ३१ डिसेम्बर २०२१ सम्म दोस्रो पटक समय अवधि थप गरेको थियो।
यस कार्यक्रम अन्तर्गत स्वदेश फर्किने भन्दा पनि बैधानिक भएर वस्न चाहाने आप्रवासी कामदारको संख्या ठूलो छ । कार्यक्रम अन्तर्गत सर्भिस सेक्टर अथवा सिक्युरिटी सेक्टर बाहेक अन्य चार सेक्टरमा भिसा लगाएर बैधानिक हुन सकिने मलेसियाको अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यो दोस्रोपटकको कार्यक्रम यहि अक्टोबर १६ तारीखबाट मात्रै औपचारिक संचालनमा आएको हो यो कार्यक्रम संचालनमा आए सँगै अवैधानिक रूपमा रहेर काम गर्दै आएका नेपाली लगाएत बङ्गलादेश , इन्डोनेशिया, म्यानमार , भियतनाम , पाकिस्तान भारत, ताइवान कम्बोडिया , फिलिपिन्स लगाएत देशका कामदारले यसको लाभ लिन सक्नेछन्।
कार्यक्रम लागू भए सँगै मलेसियाको अध्यागमन विभाग मुख्यालय पुत्राजय लगाएत अन्य अध्यागमन शाखाहरुमा अवैधानिक कामदारको बाल्को भिड सुरु भएको छ।
करिव ५० हजारको हाराहारीमा आप्रवासी कामदारले अध्यागमन गएर बैधानिक प्रक्रिया सुरु गरिसकेको अनुमान गरिएको छ। मलेसियामा विभिन्न देशका लाखौं कामदारहरु अवैधानिक रूपमा कार्यरत रहेको मलेसिया सरकारले बताउदै छ।
स्वदेश फर्किन चाहाने अवैधानिक कामदारले मलेसियाको अध्यागमन विभागलाई मलेसियन रिङ्गेट ५ सय फाइन तिरेर स्वदेश फर्किन सक्नेछन् भने बैधानिक हुन चाहनेले पनि सोही रकमसहित दर्ता गर्नुपर्ने पर्ने अध्यागमनले बताएको छ।
यतिबेला मलेसियाको अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदार माथी धरपकडलाई पनि अगाडि बढाएको छ अध्यागमन विभागको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिए अनुसार पछिल्लो केही दिन यता जोहोर बारु क्वालालम्पुर लगाएत क्षेत्र बाट करिब ५ सयको हाराहारीमा इन्डोनेसियन , बङ्गाली भियतनामी लगाएत अवैधानिक रूपमा कार्यरत कामदारलाई नियन्त्रणमा लिएको अध्यागमनले बताएको छ यस अन्तर्गत मुख्य गरि कण्ड्रशन साइट र केही देह ब्यापारमा संलग्नसमेत लाई पक्राउ गरिएको हो।डिसी नेपाल बाट