तपाइको फेसबुक अर्कोले चलाएको त छैन ? यसरी चेक गर्नुहोस् !
प्रविधिको बिकास भएसंगै संसार एक घर जस्तै भएको छ। फेसबुकले धेरैको सम्बन्ध जोड्नुको साथै त्यतिकै मात्रामा तोडेको पनि छ । सायद अहिले फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ भन्दा अनुपयुक्त नहोला। फेसबुक चलाएर मात्र हुँदैन, यसलाई कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुराको पनि ध्यान दिनु आबस्यक छ।

किनभने यदि तपाइको ID अरुले चलाएर दुरुपयोग गर्यो भने कानुनी झमेला तपाइले झेल्नुपर्ने हुन्छ। फेसबुक चलाउँदा बिशेष गरि ध्यान पुर्याउनुपर्ने बिभिन्न कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ त्यो लोकेशन जान्नु आबस्यक छ। यदि अरु कसैले चलाएको छ भने त्यो डिभाइस र लोकेशन फरक छ कि छैन भनेर जान्नु पनि महत्त्वपूर्ण हुन्छ ।

यदि फेसबुक चलाउँदै गर्दा कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा आफैले कुनै पनि ब्राउजरबाट सजिलै लगआउट गर्न सकिन्छ। त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि त्यहाबाट सजिलै थाहा पाउन सकिन्छ । फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति त्यहीबाट हेर्न सकिन्छ।

त्यसको लागि के गर्ने ?

सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुपर्छ । त्यसपछि अकाउन्ट सेटिङमा जानुहोस् । त्यसपछि ‘Security and login’ अप्शनमा गएर ‘Where you’re logged in’ को अप्शन हेर्नुहोस् । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा विवरण पाउन सकिन्छ। कहिले काँहा कुन डिभाइसमा ID खुलेको छ त्यो देख्न सकिन्छ।

स्मार्टफोनमा

फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस् । त्यसपछि ‘ Security and login ‘ जानुहोस् । त्यहाँ ‘ Where you’re logged in’अप्शन देखिन्छ । त्यसमा ‘See All’ मा क्लिक गर्नुस् ।

त्यहाँबाट तपाईंको फेसबुक कुन कुन डिभाइसमा खोलिएको छ भन्ने जानकारी पाउन सकिन्छ । यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा log out of All Sessions’ गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय