मलेसिया सरकारको मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई कामदारहरूको योगदान भुक्तान गर्न असफल भएका गलत रोजगारदाता कम्पनीहरूको बारेमा तीव्र जाँच गर्न आदेश दिएको छ।

मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननले सोक्सोलाई छिट्टै समस्या समाधान गर्ने गरी जाँच गर्न संगठनलाई आदेश दिएका हुन।

मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननका अनुसार अव सोक्सोले चाँडै नै यो श्रमिक प्रतिको दायित्वलाई बेवास्ता गर्ने रोजगारदाता कम्पनीहरू पत्ता लगाउन पूर्णरुपमा तुरुन्तै अपरेसन रोल आउट गर्ने बताए।

“यो विषय सामाजिक सुरक्षा संगठनको लागी पनि एक चिन्ताको बिषय बनेको मन्त्री सरावननले बताए । कतिपय रोजगारदाताहरुको गैर जिम्मेवार पनले श्रमिकको योगदानको कदर नहुने गरेको र श्रमको मुल्य प्राप्तिमा असफलताको परिणाम देखिएको उनले बताए ।

“सोसोको तथ्या्कको आधारमा २,५०० भन्दा बढि रोजगारदाताहरुले श्रमिकहरुको लागी आवश्यक योगदान दिन असफल भएको समेत आरोप लागेर अदालतमा मुद्दा दायर भएको मन्त्री सरावननले उल्लेख गरे ।

“यद्यपि यस्तो किसिम गैरजिम्मेवार भएर यो कानून को उल्ल्घन गरेमा अधिकतम दुई बर्षको जेल सजाय रहेकोमा अहिलेसम्म कुनै पनि रोजगारदाताले भने जेल सजाय नपाएको उल्लेख गरिएको छ ।

मन्त्री सरावननले भने “मेरो जानकारी अनुसार, अदालतमा लगिनेहरूमध्ये सबैलाई जरिवाना तिर्न मात्र आदेश दिइएको थियो छ । तर अदालतले कुनै कसैलाई पनि जेल सजाय तोकेको छैन।

उनले थपे, “मलाई लाग्छ कि अब समय आएको छ । अदालतले यस्तो गल्ती गर्ने रोजगारदातालाई अदालतमा लिएर अधिकतम जेल सजाय देओस । यसले कानूनको पालना नगर्ने अन्य रोजगारदाताहरुमा डर पैदा गर्नेछ।

विदेशी श्रमिकको हकमा स्थानीयले पाउने पेन्सनको रकम नभएपनि तोकिएको मापदण्डअनुसार सेवासुबिधा उपलब्ध गराउनुपर्छ उनले भने।
एन .एस टि. बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय