राजेन्द्र महतो , लहान , कार्तिक ८ गते।सिरहामा लागु औषध सहित एक जना लाई प्रहरीले पक्राउ गरेका छ्न। पक्राउ पर्नेमा सिरहाको अर्नामा गाँउ पालिका वडा नं.०३ बस्ने बर्ष २३ को पप्पु दास रहेका छ्न।
सिरहा न.पा.१८ ईटारी स्थित सोमबार वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको टोलीले स.४प. ७६०८ नं.मो.सा. चेकजाँच गर्ने क्रममा अर्नामा गाँउ पालिका वडा नं.०३ का २३ बर्शिय पप्पु दास को साथ बाट लागू औषध फेनारागन ईन्जेक्सन-१०० पिस, डाईजेपाम ईन्जेक्सन-१०० पिस र नोर्फीन ईन्जेक्सन १०० पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ। पक्राउ परेका दास माथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।