काठमाडौ- सांगीतिक संस्था साधना परिवारको पाचौं वार्षिकोत्सबको अवसरमा आयोजित खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा साधना परिवारको सांगीतिक कोसेली ” सक्दिन म ” बोलको गीति एल्बम पनि विमोचन भएको हो। गीतका सर्जकहरु गायक रेशम थापा,गायिका ॠतु सिवा, संगीतकार सबिन लिम्बु,शब्द रचना अन्जु श्रेष्ठको विश्लेषकहरुले खुलेर प्रसंशा गरेका थिए।

“संगीत नै जीवन हो” मूल नाराका साथ स्थापना भएको साधना संस्थाले हरेक बर्ष अनलाइन प्रतियोगिताहरु संचालन गर्दै आइरहेको छ । राष्ट्रिय गायिका रमना श्रेष्ठ गायक षडज लिम्बू सम्बाहङ्फे,सबिन लिम्बू,सनाहाङ लिम्बू प्रतियोगिताका मुख्य निर्णायकमा रहेका थिए ।

साधना परिवारका संस्थापक कुशल गुरुङको अध्यक्षता र राष्ट्रिय गायिका रमना श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको प्रथम हुने लाई एएस्टी. ग्रुपबाट रजनि सुन्दासले निशुल्क गीत रेकर्ड र म्युजिक भिडियो उपहार प्राप्त गरेका छन।

त्यसैगरी दोश्रो हुने एम.एन.एस.जी ग्रुपबाट मनोज लिम्बुले रु २००००/- तेस्रो हुने एम.डब्लु.एस.जी ग्रुपबाट युवराज गडौलाले रु १५०००/- चौथो हुने साधना ग्रुपबाट ॠतु सिवाले रु १००००/- र उत्कृष्ट भ्युजको विजेता SSOG ग्रुपका रुद्र सुवेदीलाई नगद राशी सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

सो समारोहका सभापति कुसल गुरुङ,प्रमुख अतिथि गायिका रमना श्रेष्ठ ,लगायत विभिन्न संघ संस्थाका संस्थापकहरुले शुभकामना मन्तव्य राखेको थिए । भने साधना परिवारको संस्थापक कुशल गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय