स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्दै टि-ट्वान्टी विश्वकप २०२१ मा भारतले लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो र दोश्रो खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले तेश्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले भारतले ४३ बलमा खेल जिते नेट रन रेटमा अफगानिस्तान र न्युजिल्यान्ड दुवैलाई पछि पार्ने थियो। सोहि अनुरुप ब्याटिंग गर्दै भारतले खेल ६.३ ओभरमै जित्यो। ८१ बल बाँकी रहँदैको जित भारतको जित बल बाँकी रहेको आधारमा उसको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित हो। भारतको यस अघि सबैभन्दा ठूलो जित २०१६ मा युएई बिरुद्ध ५९ बल बाँकी रहँदैको जित थियो।
भारतको जितमा केएल राहुलले सर्वाधिक ५० रन बनाए जुन क्रममा १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र १८ बलमा अर्धशतक पुरा गरेका थिए जुन टि-२० अन्तर्राष्ट्रियमा युवराज सिंहको १२ बलको अर्धशतक पछि दोश्रो छिटो अर्धशतक हो। यस्तै रोहित शर्माले १६ बलमा ५ चौका र १ छक्का मद्दतले ३० रन बनाए। रोहित र राहुलले मात्र ५ ओभरमा ७० रनको साझेदारी गरे। पाँचौ ओभरको अन्तिम बलमा रोहितलाई ब्राडले व्हिलले एलबिडब्लु पारे। त्यसपछि राहुल अर्धशतक पुरा गरेलगत्तै मार्क वाटबाट क्याच आउट भए जति बेला जित्न ४ रन आवस्यक थियो। सुर्यकुमार यादवले छक्का प्रहार गर्दै जित दिलाए।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT