विष्णुदेव सरदार
लहान। कार्तिक २० गते- ग्रामीण क्षेत्रमा पहिला पहिला निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको
नगर स्तरीय कुस्ती (दङ्गल) प्रतियागिता सिरहाको सुखीपुरमा सम्पन्न भएको छ ।नगर सुधार समिति सुखिपुरको आयोजना सो दंगल कुस्ती सुखीपुरमा हिजो सुक्रबार सम्पन्न भएको छ।
नगर सुधार समिति सुखीपुरका
संयोजक तथा नेपाली काङ्ग्रेसका नेता वि पि भुवन यादव युवा नेता विशेष सहयोग विद्यानगर युवा समाज स्थान सुखिपुर न पा २ विद्यानगर चौक गोर्वधन पुजाको अवसरमा प्रथम नगर स्तरीय कुस्ती मनाएका छन।
हिजो शुक्रबार नगर सुधार समिति आयोजना र विद्यानगर युवा समाजको सहयोगमा प्रथम नगर स्तरीय कुस्ती प्रतियोगिता सुखीपुर नगरपालिका वडा नम्बर २ स्थित विद्यानगरमा आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न उमेरसमूहमा सुधीर कुमार यादव प्रथम, धिरोज कुमार यादव दोस्रो र सुभाष कुमार यादव तेस्रो भएका छन् ।
विजेतालाई आयोजक संस्थाका अध्यक्ष विपी भुवन यादवले विजय भएका सबै कुस्ती खेलाडीहरुदलाई तग्माको पुरस्कार वितरण गरेको थियो ।
लोप हुन लागेको कुस्ती प्रतियोगिता हेर्न ठूलो संख्यामा स्थानीय दर्शकहरुको भिड लागेको नेपाली काङ्ग्रेसका नेता किरण कुमार यादवले बताए ।