सुरेश यादव ,नवलपरासी / कार्तिक २४ । आज पश्चिम नवलपरासीको सात वटै स्थानीय तहमा छठ पर्व भव्य रुपले भगतजनहरु मनाउँदै छन् । जिल्लाको रामग्राम , सुनवल, बर्दघाट,पाल्हिनन्दन,सरावल,प्रतापपुर र सुस्तामा हर्ष उलासका साथ छठ पर्वकाे राैनक बढेकाे छ ।
छठ पर्वकाे व्रत बस्नेले ३६ घण्टा निर्जल बस्ने आजकाे दिन अस्ताउदाे सुर्यकाे पुजा पाठ गर्ने र भाेलि उदाउँदो सुर्यलाई अर्घ दिदै छठ पर्वकाे समापन हुने भगतजनहरुकाे भनाइ रहेकाे छ । यस्तै पश्चिम नवलपरासीको सदरमुकाम परासीकाे झरहि नदिकाे हाटबजार , रामग्राम ४ स्थित जितपुर,सुर्यपुरामा सांस्कृतिक कार्यक्रम पनि छठ पर्वकाे अवसरमा सम्पन्न भएकाे छ ।
रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा छठ पुजा व्यवस्थापन समिति काे आयाेजनामा सांस्कृतिक कार्यक्रम एवम् छठ पुजन कार्यक्रम सम्पन्न भएकाे छ । छठ पुजा व्यवस्थापन समिति जितपुरका अध्यक्ष लक्ष्मण यादवकाे अध्यक्षता तथा समाजसेवी चाैथी प्रसाद काेहारकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा समाजसेवी अर्जुन बहादुर क्षेत्री , दिपक क्षेत्री , रामजी प्रजापति , पत्रकार सुरेश यादव र स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।