लेटाङ, कार्तिक-२४ “सभ्य सु-समाजको निर्माण गरौ” जुवा, तास मत-मदिरा रहितको दिपावली मनाऔ” भन्ने मुल नारा सहित दीपावली तथा छट पर्ब २०७८ को अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

बुधबार हेभेन्ली पाथ लेटाङ इकाई नगर समिती द्वारा आयोजित उक्त कार्यक्रम लेटाङ-३ किर्तिमानमा विभिन्न साङितिक मनोरञ्जन सहित भब्यताका साथ सम्पन्न भएको हो।

देउसी भैली-२०७८ कार्यक्रमको सुरुवात रास्ट्रीय गान बाट गरिएको थियो। पुर्बको माया पश्चिममा, पिरतिमा साइला, पुर्बेली मारुनी गित: आउ न आउ पर्देशी आउ बोलको गितमा बाल कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको थियो।

त्यसैगरी कार्यक्रममा विभिन्न जातजातिको प्रतीनिधित्व गर्ने जातिय गितहरुमा कलाकारहरुले प्रस्तुति दिएका थिए।भने तामाङ समुदायको विशेष प्रतिनिधित्व हुने सेलो गित र गुरुङ समुदायहरुको पौराणिक सस्कृती झल्किने गितमा नृत्य देखाईएको थियो।

दिपावली तथा छैठ पर्बको अवसरमा आयोजित उक्त कार्यक्रमका अतिथिहरु लेटाङ नगरपालिका वडा नम्बर-३ अध्यक्ष देब राज चाम्लिङ, समाजसेवी भरत चाम्लिङ, ज्ञान बहादुर माझी, लिला माझी, साबित्रा चाम्लिङ, भुमिराज साम्पाङ, लगायतका रहेका थिए।

करिब ७:३० बजे बाट सुरु भएको देउसी भैलो कार्यक्रम नेपाली समाजमा घट्ने गरेका धार्मिक, छुवाछूत, जातिय प्रथा र राजनीतिक परिघट्नाको कथा समेटेर तयार पारिएको गीति नाटकको प्रस्तुती रहेको थियो। करिब २ घन्टा सम्म चलेको सो कार्यक्रम राती १० बजे समापन भएको थियो।

उक्त देउसी भैली कार्यक्रम बाट रु,२३७५५ रकम सङ्कलन भएको आयोजकले जानकारी दीए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय