काठमाडौँ- पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय १९ रनले पराजित गरेको छ । मंगलबार कतारको वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा बनायो ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।
आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको छ ।