क्वालालम्पुर (मलेसिया):= नेपाल सरकारको विदेश स्थित विभिन्न देशमा अवस्थित कुटनैतिक नियोग , नेपाली राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य वृद्धि गरिएको छ।

नेपाली बर्ष २०७८ साल कार्तिक २९ गते नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा सार्वजनिक गरिए अनुसार विदेश स्थित नियोग (नेपाली राजदूतावास) बाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य ५० अमेरिकी डलर वा स्थानीय देशको मुद्रा सरह मुल्य कायम गरिएको राजपत्रमा प्रकाशित गरि जनाइएको हो।

अबदेखि मलेसियाबाट नेपाल फर्किदा यात्रा अनुमतिपत्र बनाएर फर्किने नेपाली श्रमिकहरुले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाए बापत्त नेपाली दूतावासमा अमेरिकी डलर ५० , मलेसियन रिंगेट करिब आरएम २१० रिंगेट तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय