” म गएँ ” तँलाई जिन्दगीमा मबाट टाढै बस्नु छ भने ,
एक दुई दिनलाई किन?
पुरा जिन्दगी भरिलाई छोडिदिने भएँ।।

 हात समाउने वाचा गरेकी थिइस् ,
छोडेर जान्छेस् भने हात छोडेर होइन नाता तोडेर जा!
तेरो जिन्दगीको काँडा म तेरो बाटोबाट हटिदिने भएँ।।

तँलाई मेरो कुरा विष लाग्दो रहेछ ,
म अब चुप लाग्छु!
तँलाई तेरो अमृत खोज्न छोडिदिने भएँ।।

तँ तेरो जीवनमा रमाउन सिक ,
रुख विरुवाहरुको जस्तो फेरि पालुवा पलाउने गरी होइन!
जिन्दगीमा फेरि पालुवा नपलाउने गरी
झरिदिने भएँ।।

जिन्दगी घुमेर ‌मृत्युमा सकिने रहेछ ,
दुई चार दिन प्राण घाँटीमा अड्काएर्
म तेरो लागि मरिदिने भएँ।।
✍️सुजन पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय