काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट नेपाल फर्किने यात्रुले सात दिन होटल क्वारेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको जनाएको छ।
यस् अघि शुक्रबार साँझ नेपालको अध्यागमन विभागले एक बिज्ञप्ति जारी गर्दै मलेसिया लगायत यी ६७ देशबाट नेपाल जाने यात्रुले ७ दिन आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने। थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो , तर २४ घण्टा बित्न नपाउदै सो निर्णय तत्काललाई फिर्ता लिइएको, निर्णन स्थगित गरिएको जनाएको हो।
नेपालको अध्यागमन विभागले आज पुनः एक सुचना निकालेर ६७ वटा देशबाट नेपाल फर्किने यात्रुहरूले ७ दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर काेराेना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेकाे विभागले जनाएकाे छ।
यस् अघिका नियम अनुसार विदेशबाट नेपाल फर्किने यात्रुहरुले कोरोना विरुद्धको दुईवटै खोप लगाएको खोपको कागजी लगायत डिजिटल सर्टिफिकेट,सिसिएमसीको फारम आफ्नो विवरण भरिएको सहित , ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट , साथमा हवाई टिकेट लगायत आफ्नो आवश्यक सम्पुर्ण कागजात लिएर स्वदेश फर्किन पाइरहेका थिए, भने दुईवटा खोप लगाएकाले क्वारेन्टाइन बस्नु पर्दैन।