क्वालालम्पुर- मलेसिया सरकारले गत बर्ष सन् २०२० को डिसेम्बर महिनादेखि संचालनमा ल्याएको यहाँ रहेका अवैधानिक विदेशी श्रमिक घरफिर्ती ( रिक्यालिब्रेशी पुलाङ् ) कार्यक्रमको अवधी थप गरेको छ।

मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालयले आज समाजिक संजालमा सार्वजनिक गरेको एक प्रेस बिज्ञप्तिमा लेखिएको छ, “यहीँ डिसेम्बर २२ तारिख बसेको मलेसियन सरकारको बैठकले निर्णय गरेअनुसार मलेसियामा विभिन्न क्षेत्रमा अवैधानिक हैसियतमा काम गर्दै आएका विदेशी श्रमिकहरु आ-आफ्नो देश फर्किन पाउने घरफिर्ती कार्यक्रम (रिक्यालिब्रेशन पुलाङ्) को अवधी आउँदो नयाँ बर्ष सन् २०२२ को जुन महिना ३० तारिखसम्मलाई थप गर्ने निर्णय गरेको अध्यागमन बिभागले जनाएको हो।”

अध्यागमन बिभागले सार्वजनिक गरेको बिज्ञप्ति

अध्यागमन बिभागले जनाए अनुसार सन् २०२० डिसेम्बरदेखि सञ्चालनमा आएको यस् कार्यक्रममार्फत यहीँ बर्ष सन् २०२१ को डिसेम्बर २१ तारिखसम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक विदेशीहरुले स्वदेश फर्किनलाई आवेदन दिईसकेका छ्न। जम्मा आवेदकमध्य अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक विदेशी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न।

फलस्वरूप रिक्यालिब्रेशनको अवधी सकिने यो अन्तिम महिनामा केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने मानिसहरुको चाप बढेर स्थिती सम्हाल्न धौँ धौँ परिरहेको थियो। साथै स्वदेश फर्किनेहरुले समयमानै फिङ्गरिङ्ग गर्न नपाएर कतिपयको हवाई टिकटको समयावधि सकिएर हवाई उडान समेत प्रभावित हुँदैआएको थियो। विमानस्थलमा स्वदेश फर्किने विदेशी मानिसहरुको बढेको चापलाई मध्य नजरगर्दै अवधी थप गरिएको बिभागले जनाएको हो।

स्वदेश फर्किन केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा फिङ्गरिङ्को पर्खाइमा अवैधानिक विदेशी श्रमिक,नागरिकहरु

बिभागले जनाए अनुसार मलेसियाबाट रिक्यालिब्रेशन मार्फत स्वदेश फर्किनेमा सबै भन्दा बढी इन्डोनेसिया देशको नागरिक ९९ हजार ४७ जना , बङलादेशको नागरिक २६ हजार ८२१ जना , भारतको नागरिक २३ हजार ८४४ जना रहेको जनाएको छ। जसमध्य बाँकी ४२ हजार ५६९ मा नेपाल ,  भियतनाम , थाइल्यान्ड , कम्बोडिया , म्यानमार,श्रिलङ्का, लगायतको देशको अवैधानिक विदेशी श्रमिक, नागरिकहरु स्वदेश फर्किएको जनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय