काठमाडौं- आइतबारदेखि काठमाडौंमा सूरु हुन लागेको नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्दरण हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।

सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले महाधिवेशनबाटै अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपछि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको शिक्षामन्त्रीसमेत रहेका माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आइतबार सम्मेलनको उदघाटन अघि विहान ८ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय