सुरेश यादव,नवलपरासी / पुस ११ ।

पश्चिम नवलपरासीको परासीमा बिहान बसले ठक्कर दिदा एक महिलाकाे मृत्यु भएकाे छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ५ बजेकाे समयमा मर्निङ वाकमा निस्केको तीन जनाकाे टाेलीलाई रामग्राम नगरपालिका वडा नं १० नदवामा रहेकाे पेप्सी कम्पनीको लु २ ख ४०५५ नम्बरकाे बसले ठक्कर दिदा रामग्राम नगरपालिका वडा नं ३ बस्ने ३५ वर्षिय कमला रेश्मीकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने गम्भीर घाइते भएकाे रामग्राम नगरपालिका वडा नं ३ बस्ने २७ वर्षिय अस्मिता गैरेकाे थप उपचारको लागि भरतपुर अस्पताल र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ६ बस्ने ४५ वर्षिय शिव प्रसाद राईकाे मणिग्राम कृम्सन अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।

बिहान करिव ५:१५ बजेकाे समयमा याे दुर्घटना भएकाे हाे । बसकाे चालक र बस प्रहरीको नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ । मृतकको शव पाेस्तमार्टमकाे लागि जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय