काठमाडौं । चिसो बढेपछि एक हप्ता विद्यालय बिदा गरिएको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले पानी परेका कारण चिसो बढेको भन्दै एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बुधबार एक सूचनामार्फत पुस १५ देखि २१ गतेसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार बेलुकाबाट पानी प¥यो । बेथानचोक नारायणस्थानलगायत क्षेत्रमा हिमपात भएको छ ।

धुलिखेल नगरपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले एक हप्ता विद्यालय बन्द गरिएको जनाएको छ । नगरपालिकाले कतिपय विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षासमेत स्थगित गर्न निर्देशन दिएको छ ।

स्थगित परीक्षा विद्यालय खुलेपछि हुने नगरपालिकाले जनाएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामीलाई सास्ती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय