न्यूयोर्क – नेपालका चर्चित गायक राजेशपायल राईमाथि आ क्रमण गर्ने युवकले माफी मागेका छन् । कलाकार, बिभिन्न संघसंस्था तथा सामाजिक सञ्जालमा चौतर्फी बिरो धपछि अन्ततः संलग्न पासाङ दावा शेर्पाले माफी मागेका हुन् ।
अघिल्लो दिन (जनावरी १) का दिन अमेरिकाको न्यूयोर्कमा अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।सोही कार्यक्रममा दर्शकको रुपमा आएका शेर्पाले गायक राईले स्टेजमा प्रस्तुती दिइरहेको बेला पछाडीबाट ए क्कासी आएर घाँटीमा स मा, तेर लछा रपछा र गर्दै आ क्रमण गरेका थिए ।
सो घटनामा आफूबाट ग ल्ती भएको समेत शेर्पाले स्वीकारेका छन् । आउदा दिनहरुमा यस्तो ग ल्ती नगर्ने सर्तसहित उनले गायक राईको हातमा शिर निहुराएर माफी मागीरहेको तस्वीर सार्वजनिक गरिएको छ ।
जेठोखबरलाई प्राप्त तस्वीरमा शेर्पाले राईको हातमा निधार राखेर ढोगीरहेको देख्न सकिन्छ । स्रोतका अनुसार शेर्पाले बिनम्रता देखाएपछि गायक राईले समेत माफी दिइसकेका छन् ।
त्यस्तै लगतै दुवैजनालाई एकैठाउँ सँगै उभ्याएर केही व्यक्तिहरुसहित हर्षित मुद्रामा खिचिएको तस्वीरहरुसमेत सार्वजनिक गरिएको छ ।तस्वीरमा गायक राईले पहेलो खादा लगाएका छन् भने शेर्पाले पनि सेतो फेटा घाँटीमा लगाइएको देखिन्छ ।
न्यूयोर्कको सो घटनापछि संलग्नलाई तत्काल कानुनी कार वाही गर्नका लागि चौतर्फी द बाब सुरु भएको थियो ।बिभिन्न संघसंस्थादेखि देशका बरिष्ठ कलाकारहरुसम्मले गायक राईमाथिको व्यवहारबारे सार्वजनिक रुपमा माफी मगाउनुपर्ने माग राखेका थिए ।