सुरेश यादव,नवलपरासी / माघ ०६ ।
आज पश्चिम नवलपरासी प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । दुबै जना सार्वजनिक मुद्दामा विगत ६ वर्ष देखि फरार रहेका २ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
नवलपरासी जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा मिति २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका २ फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले निजहरूको स्थायी वतन जिल्ला नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ४ स्थितबाट पक्राउ गरिएको सुचना अधिकारी शाहीले बताउनुभयो ।
आज पक्राउ परेका दुबै जना फरार अभियुक्तहरूलाई आवश्यक कार्वाहीकाे लागि नवलपरासी जिल्ला अदालत पेश गरिएको र दुबै जनालाई नवलपरासी जिल्ला अदालतबाट लगत अनुसारकाे कार्वाही भएकाे छ ।