सुरेश यादव,नवलपरासी / माघ ०७ । पश्चिम नवलपरासी प्रहरीले जडिबुटी बरामद गरेकाे छ । गाेप्य सुचनाकाे आधारमा प्रहरी चाैकी भुजहवाबाट खटिएको प्रहरी टाेलीले नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं ७ भन्सार टाेल स्थितमा रहेकाे शाही ट्रेडर्स कवाड संकलन स्थलबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
प्रहरीले शाही ट्रेडर्स कवाड संकलन स्थलमा चेकजाँच गर्दा उक्त कवाड संकलन स्थलमा लुकाई छिपाई राखेको अवस्थामा १५१ बाेरामा जम्मा ४ हजार ४ सय ५० केजी झ्याउ नामकाे जडिबुटी फेला पारी बरामद गरिएको डिसपी शाहीले बताउनुभयो ।
उक्त जडिबुटीकाे अन्दाजी मुल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ बराबरको रहेको छ । उक्त जडिबुटी बरामद गरि थप अनुसन्धानकाे लागि जिल्ला बन डिभिजन कार्यालय नवलपरासीमा बुझाईएकाे छ । उक्त जडिबुटी काराेबारमा संलग्नकाे खाेज तलास भई रहेकाे प्रहरीले जनाएको छ ।