क्वालालम्पुर – मलेसिया सरकारले आफ्नो देश भित्र प्रवेश गर्ने नागरिकहरुको लागि सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने सम्बन्धि नयाँ नियम सहित क्वारेन्टाइन तालिका सार्वजनिक गरेका छ्न।

मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै विश्व ब्यापी माहामारीको रुपमा फैलिँदै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को र नयाँ नयाँ भेरियन्ट ओमिक्रोनको असरलाई मध्य नजरगर्दै सुरक्षा सतर्कता अपनाउँदै यहीँ बर्ष सन् २०२२ को जनवरी २४ तारिख सोमबारदेखि लागू हुनेगरि क्वारेन्टाइनको नयाँ तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनूसार ज-जसले कोभिड-१९ विरुद्धको दोस्रो डोजको साथसाथै बुस्टर डोज पनि लगाईसकेको छ , ती नागरिकहरुले मलेसिया प्रवेश गर्दा पाँच दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

मलेसियन सरकारको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सुचना

त्यस्तै ज-जसले कोभिड-१९ विरुद्धको पहिलो र दोस्रो डोज लगाईसकेको छ , ती नागरिकहरुले एकहप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। साथै ज-जसले कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेको अथवा पहिलो डोज मात्रै लगाएको छ , ती नागरिकहरुले मलेसिया प्रवेश गर्दा दश दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

केहि दिन अगाडि मात्रै मलेसियाका मानव संसाधन मन्त्रालयले यहीँ जनवरी २८ तारिखदेखि नयाँ विदेशी कामदारको लागि मलेसिया खोल्ने र कामदारलाई मलेसिया प्रवेश गर्न दिईने  प्रक्रिया अगाडि बढाइने बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय